अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३७ | Colorodo: 12:52

ब्राजिलको अमेजन जंगलमा डँडेलो, अन्तर्राष्ट्रिय समुदाय चिन्तित

बिआरटीनेपाल २०७६ भदौ ६ गते ९:४८ मा प्रकाशित

ब्राजिलको अमेजन जंगलमा भईरहेको आगलागीप्रति विश्व समुदायले चिन्ता प्रकट गरेको छ । विश्वकै ठूलो कार्बन स्टोरको रुपमा रहेको अमेजन रेनफरेष्टमा आगलागी हुँदा ग्लोबल वार्मिङको समस्या बढ्ने उनीहरुको चिन्ता छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले ब्राजिलको अमेजन रेनफरेस्टमा भइरहेको आगलागीले अन्तर्राष्ट्रिय संकट निम्त्याएको बताउनुभएको छ । आगलागीप्रति लक्षिण गर्दै उहाँले ‘मेरो घर जलिरहेको छ’ भन्दै ट्वीट गरेपछि यो विषय अन्तर्राष्ट्रियकरण भएको छ । साथै म्याक्रोले आसन्न जि–सेभेनको सम्मेलनमा यो संकटलाई एजेण्डा बनाउन प्रस्ताव गर्नुभएको छ । म्याक्रोंको यो प्रस्तावप्रति ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो भने सहमत हुनुहुन्न ।

ब्राजिलको उपस्थिति नरहने सम्मेलनमा यो विषय उठाउनु भनेको विश्वका शक्ति राष्ट्रहरुको औपनिवेशिक सोच भएको उहाँको भनाइ छ । तीव्र गतिमा फँडानी भइरहेको अमेजन रेनफरेस्टमा यो वर्ष डढेलो लगाउने क्रम अधिक भएको पछिल्लो तथ्यांकले देखाएको छ ।

भू–उपग्रहरुबाट प्राप्त तस्वीर र तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष अमेजन जंगलमा डढेलोको मात्रा ८५ प्रतिशतले बढेको छ । बोल्सोनारोले आफू सत्तामा आएदेखि किसान तथा काष्ठ व्यवसायीलाई अमेजन वन फँडानी गर्न प्रेरित गरेको संरक्षणवादीको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू