अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 03:16

यु एन विश्व शान्ति परिषद् द्वारा नेपालीलाई शान्ति राजदूतमा चयन, चेक शिखर शान्ति सम्मेलन प्रागमा सम्पन्न

बिआरटीनेपाल २०७३ मंसिर २४ गते २२:५५ मा प्रकाशित

संयुक्त्त राष्ट्र सङ्घ ‘विश्व शान्ति परिषदले एक नेपाली युवा लाई आफ्नो शान्ति राजदूतमा नियुक्त्त गरेको छ । भीमसेन सापकोटा अर्थात् अध्यात्मिक जगतमा आचार्य राजन शर्मा नामले चिनिने उहाँलाई हालै सो जिम्वेवारी दिएको हो । परिषदले सापकोटलाई यस अघि आफ्नो शिखर सम्मेलनमा वक्त्ताको रूपमा ‘चेक रिपब्लिक,मा निम्त्याएको थियो । parag2

नेपाल, नेपाली अध्यात्मिक जगतको प्रतिनिधित्व गर्द्दै सापकोटाले सो शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए । सम्मेलनमा सोही सम्मेलन मार्फत सापकोटालाई अस्ट्रेलिया तथा ओसिनिया क्षेत्रका देशहरू हेर्ने जिम्वेवारी सहित यसरि चयन गरेको जनाएको छ ।सो सम्मेलनमा १७० भन्दा बढी देशका राष्ट्र प्रमुख , सरकार प्रतिनिधि ,कूटनीतिज्ञहरू रहेका थिए ।

सम्मेलनको वक्तव्य पश्चातको अर्को चरणमा सम्मेलनका सहभागीहरूलाई योग मार्फत ,शान्ति सकारात्मक कार्यक्रम गरेका थिए । सिन्धुपाल्चोक, बांसवारि जन्म घर भए अस्ट्रेलियामा आधारित रहेर विश्वका विभिन्न सहरमा , सकारात्मक सोचका कार्यक्रम ,योग ,ध्यान तथा ‘आर्ट अफ ह्यापिनेस ‘कार्यक्रम सन्चालन गर्दै आउनु भएको छ । अस्ट्रेलियाको भिक्टोरिया विश्वविध्यालाय सिड्नी तथा अस्ट्रेलियन आइडियल कलेजमा प्राध्यापन समेत गर्दै आउनुभएका भएको छ । सञ्चार क्षेत्र सँग समेत सम्बद्ध सापकोटा नेपाल गणतान्त्रिक फिजि सांस्कृतिक राजदूत समेत हुनुहुन्छ।

सम्मेलन पश्चात् अस्ट्रेलिया फर्के पछि संचारमाध्यमहरूलाई सापकोटाले भन्नु भयो ” आफू प्रतिनिधि पात्र मात्र बनेको हो, वास्तवमा यो उपलब्धि नेपाल र अध्यात्म प्रेमीहरूको हरूको हो “। करिब २ हजार व्यक्तिहरूको सो अवसरमा सहभागिता रहेको थियो । संयुक्त्त राष्ट्र सङ्घको धारा २१ तथा जोहनेसबर्ग शिखर सम्मेलनले पारित गरेको स्रहशताब्धिन विकास लक्ष्य अनुरूप विश्व शान्ति परिषदले विश्वका शान्ति प्रवर्द्दक लाई थप जिम्वेवारी र प्रोत्साहन दिन शान्ति राजदूत चयन गरी विश्वका विभिन्न देशमा आफ्नो कार्य सन्चालन गरेन गर्छ । parag3

सम्मेलनको अर्को शिखर सम्मेलन २०१९ मा अमेरिकाको , न्युयोर्कमा हुने तयारी भएको छ । कार्यक्रममा स्लोभनियाका विकास मन्त्री अलेन्का स्मेर्कोजी (Alenka smerkolj), चेक मन्त्री परिषदका प्रवक्त्त डा एलेना (Dr Alena) , लिचेस्टाईनका युवराज अलफर्ड(Prince Alfred von Liechtenstien) , युरोपकि सिने स्टार क्लारा इशोभा (Klara Issova) लगायत दर्जनौं ,परिषद् काउन्सिल प्याट्रोन परंहंस योगी महेश्वरानन्द स्वामि तथा सकारात्मक अभियान प्रवर्त्तक सापकोटा लगायत २ दर्जन भन्दा बढी विश्वका नेताहरू, विश्वविध्यालयका प्रोफेसरहरू लगायतले शान्ति सम्मेलनलाई सम्बोधन गरेका थिए ।

चेक रिपब्लिक देशको प्राग सहरको ‘लुसेर्ना ‘सहरमा आयोजित सो सम्मेलन भिक्षु द्वारा बजाईएको वांसुरीको शान्ति धुन र वाल योग बाट प्रारम्भ भएको थियो । सम्मेलन विभिन्न चेक घोषणा पारित गर्दै गत डिसेम्बर ४ मा सम्पन्न भएको हो ।

प्रतिक्रिया