अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३
| Colorodo: 17:18
हुक्के, ढोके, हजुरेको अडान कहाँ हुन्छ
मागी गुजारा गर्नेको सान कहाँ हुन्छ ।
देश अनि जनताको आउनै पर्छ तस्बिर
सकी नसकी गाएर राष्ट्र गान कहाँ हुन्छ ।
सबै कुरा ठिकठाक छ भनी हिँडे पनि
भुइँमा गुड्ने मेसिनको उडान कहाँ हुन्छ ।
अरूलाई ङ्याक्ने अनि कुल्चन खोज्नेलाई
सधैँभरि फुल मालाले सम्मान कहाँ हुन्छ ।
परोपकार र सेवा भावमा डुबी हेर साथी
ढुङ्गा अनि मन्दिरमा भगवान् कहाँ हुन्छ ।
—————— x ————–
बाग्मती ११,कर्मैया, सर्लाही