प्राध्यायपक माणिकलाल श्रेष्ठले फिडेल क्यास्ट्रोलाई क्युबाको मात्र नभएर तेस्रो विश्वका देशकै नेताको रुपमा आफूले लिएको बताए । ‘चर्को गर्मी थियो, धेरै नेताहरु मंचमा हुनुहुन्थ्यो, मैले क्यास्ट्रोलाई हेरे देखिन, आउनु भएन भन्ने लाग्यो । केही समयपछि एउटा ठूलो जुलुस आयो । जुलुसको नेतृत्वन क्यास्ट्रोले गरिरहनु भएको थियो’ श्रेष्ठले अनुभूति सुनाउँदै भने । साना नेताहरु मंचलमा बस्ने र मुख्य नेता जुलुसको नेतृत्व गरेको आफूले क्यास्ट्रोलाई मात्र देखेको उनले बताए ।
समाजवाद तथा क्यास्ट्रोलाई नजिकबाट अध्ययन गरेका चीनका लागि नेपाली पूर्वराजदूत टंक कार्की, पत्रकार तथा लेखक राजेन्द्र महर्जन, आयोजक मञ्चका अध्यक्ष नरेन्द्रजंग पीटर, निभा शाह लगायतका बक्ताहरुले विश्व राजनीतिमा फिडेल क्यास्ट्रो भूमिका, क्युबाको क्रान्ति र नेपालले सिक्नु पर्ने शिक्षा, साम्राज्यवाद–उपनिवेशवाद विरोधी आन्दोलनमा क्यास्ट्रोले गरेको नेतृत्वको चर्चा गरेका थिए ।