त्यसैले त म बहुलाए ,
जब सन्सारलाई बुझ्न पाए ।
आफैलाई यथार्थमा एक्लो भेटाए,
त्यसैले त म बहुलाए ।।
कतिले अमृतको नाममा विष ख्वाए ।
छातीमाथि नाच्न दिँदा घाँटी समाए ।।
त्यसैले त म बहुलाए ,
जब सन्सारलाई बुझ्न पाए ।
आफैलाई यथार्थमा एक्लो भेटाए,
त्यसैले त म बहुलाए ।।
आफ्नैले लुटे सबै, आफ्नै सम्झी लुटाए ।
तिनीहरूले नै जीवनमा हलचल मच्चाए ।।
त्यसैले त म बहुलाए,
जब सन्सारलाई बुझ्न पाए ।
आफैलाई यथार्थमा एक्लो भेटाए,
त्यसैले त म बहुलाए ।।
जिन्दगीभरि सधैँ अनेकौँ राप पाए ।
प्रत्येक विश्वासमा ठुलो धोका खाए ।।
त्यसैले त म बहुलाए ,
जब सन्सारलाई बुझ्न पाए ।
आफैलाई यथार्थमा एक्लो भेटाए,
त्यसैले त म बहुलाए ।।
मिठो मुस्कान र बोलीमा कुटिल चाल पाए ।
अगाडि सबै राम्रा तर पछाडि छुरा चलाए ।।
त्यसैले त म बहुलाए ,
जब सन्सार लाई बुझ्न पाए ।
आफैलाई यथार्थमा एक्लो भेटाए,
त्यसैले त म बहुलाए ।।