अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२६
| Colorodo: 17:41
साझा पार्टीले कूटनीतिक निर्देशिका सार्वजनिक गरेको छ । पार्टीले मंगलबार पत्रकार सम्मेलन गरेर १३ बुँदे कूटनीतिक निर्देशिकासार्वजनिक गरेको हो ।
विदेशीहरूसँगको अनावश्यक सम्बन्ध नेपालको राजनीतिमा जटिल मुद्दा बनेका कारण विदेशीसँगको सम्बन्धलाई पारदर्शी बनाउन निर्देशिका जारी गरिएको साझा पार्टीले जनाएको छ ।
निर्देशिकामा पार्टीको विदेश विभागको स्वीकृतिमा मात्रै विदेशीहरुसँग भेटघाट गर्नेदेखि केन्द्रीय समितिका सदस्य कसैले पनि राजदूत र विदेशी कर्मचारी कसैलाई पनि घरमा बोलाउन नपाइने प्रावधान राखिएको छ ।