यो लेख एउटा फेसबुकको सानो सकारात्मक स्टाटसको कारणले तयार भएको हो । तर केही अक्षरका खेती गर्ने मित्रहरूले स्टाटसको मूलभूत अर्थ नै न बुझी विरोध गरेका थिए । जसमा केही आफूलाई धर्मको आदर्श मान्नेहरूले पनि वाहियात भनेर विरोध गरेका थिए । जुन स्टाटस थियो एक चर्चित अधिवक्ता ” मोहन साशंकर ” को ।
के धर्म, संस्कृति र पहिचान यी तीनै चीज एकै हुन् अथवा फरक-फरक पाटा हुन् ? म त्यतातिर विवादको तोप बनेर पड्किन चहाँन्न ।
तर जहाँसम्म लाग्छ मलाई, कता कता यी तीनै चीज एउटै हो कि भन्ने पो देख्छु म । फरक-फरक धर्म, फरक-फरक संस्कृति र फरक-फरक जातीय पहिचान, वेशभूषा र भाषा ।
साँच्चै भन्ने हो भने, यी फरकै रहेछन् कि क्यारे भन्ने पनि पो लागेर आयो । होइन भने, एउटै देशमा, एउटै राष्ट्रमा विभिन्न धर्म, संस्कृति र पहिचान किन हुनु पर्यो ?
धर्म त सम्पूर्ण राष्ट्रलाई मात्रै नभएर पुरै विश्वलाई नै प्रतिनिधित्व गर्ने पो हुनुपर्ने । जसरी कुराअनले गरेको छ । के होइन र ? एउटै धर्म, एउटै जात, एउटै संस्कृति, एउटै वेशभूषा र एउटै भाषा ।
जसमा ईश्वर पुज्ने एउटै तरिका होस् । जातीय विभेद नहोस् । उच्च र निच्च न होस् । छोरीको अंश सुनिश्चित गरियोस् । बिधुवाले आफ्नो सहयोगी जीवनसाथीसँग विवाह गर्ने कानुनी ऐन हौस् । अहिले कानुनी ऐन पाइए पनि बिधुवालाई स्विकार्ने कोही पुरुष अघि बढ्दैन । किनकि समाजलाई उठ्न वर्षौँ लाग्छ । जबसम्म निदाएका समाजलाई उठाउने चौकीदार न भएसम्म कोही जानेर उठ्नै चहाँन्न हाम्रो समाज । यो सर्बबिदितै हो । चाहे देश क्रान्तिका इतिहास होस् चाहे धर्म क्रान्तिका शास्त्रको इतिहास होस्, त्यसमा अध्यन गर्दा भेटिन्छन् यस्ता घट्नेहरू बग्रेल्तीसँग ।
कहीँ कुकुर पुज्ने र कहीँ कुकुरकै मासु खाने न होस् । कहीँ गाई पुज्ने र मुत खाने अनि कहीँ गाईकै मासु खाने न होस् । कहीँ सुँगुरलाई हराम भन्ने र कहीँ सुँगुर नै खाने न होस् । कहीँ पतिले सातसातवटी पत्नी ल्याउँदा हुने तर जवानी बिधुवाले सेतो र निरस जीवन काट्न बाध्य न होस् । कहीँ गाईलाई लक्ष्मी माताको रूपमा पुज्ने र भैँसीलाई दूध दिन छाडेपछि ममको लागि मासुमा बेच्ने न होस् । के गाईले दूध दिने र भैँसीले दूधको ठाउँमा पिसाब दिने होर उसलाई घृणा । आहा ! अनि आची खाने कुकुर नै पुज्ने प्रथा । सुनेर बुझेर पनि लाजमर्दो र हाँसो उठ्दो छ हाम्रा आस्था र विश्वासहरू पनि ।
हामी हिन्दुहरूले मान्छेमा मात्रै होइन विभेद दूध दिने जनावरहरूमा पनि विभेद खडा गरेकै छन् ।
के यी सबै ईश्वर र अल्लाहले लागु गरेका हुन्त ? सती प्रथा कुन कुन राष्ट्रबाट आएको हो ? हामी संसारकै धर्मशास्त्रको अध्यन गरुम्त । अनि बिचारुम्त सती जानेजस्तो घिनलाग्दो र जिउँदै जलाएर बीभत्स हत्या गरिनेजस्ता प्रथा चरम सीमाका पराकाष्ठा नाघेका नियमहरू जसलाई स्विकार्नु बाध्य हुनुपर्थ्यो एक समयमा बिधुवा महिलाहरू ।
के हामीलाई सृष्टि गर्ने ईश्वर र अल्लाहले बनाएका हुन्त यी नियमहरू ? के यत्ति मूर्ख थिए त हामीलाई बनाउने सृष्टि कर्ता, जसले सबै चीज ठीकठीक प्रणालीबाट सृष्टिलाई बनाए । के हामीलाई चलाउने शास्त्र यत्ति गलत तरिकाले लेख्छ त ? के यस्ता प्रश्नहरू किन उम्रिएन हाम्रा आदर्णिय विद्वानहरूमा ? कि विभिन्न समय काल र राज्य गर्ने राजाहरूले आफ्नो स्वार्थको लागि बनाएका हुन् यी सबै वाहियात नियमहरू ?
फेरि किन आए र कसरी आए र कहाँबाट आए विश्वमा नै न भएका नियम ? हिन्दुमै लोग्ने मर्दा सती जानुपर्ने घिनलाग्दो प्रथा । के वेदमा छ लेखिएको यस्तो नियम र सास्तीको बारेमा ? आज सती प्रथा हटेको कति नै भएर ? त्यही ८५-९० वर्ष ? यसो बिचार्नोस्त यी चलन, प्रथा, संस्कृति, धर्म, वेशभूषा र भाषा कसले चलाए होला ? के ईश्वर र अल्लाहले ?
मलाइ त यहाँहरूलाई प्रश्न गर्न पनि घिन लागेर आउँछ ।
के विभिन्न जातजाति, धर्म र संस्कृतिको लागि अलग धर्ती, आकाश र पानी बनेको छ र ? अनि के अलग काल र मृत्यु ? के कहीँ देख्नु भो अलग अन्न, पानी, स्वाद, निद्रा र भोकहरू ?
फेरि किन धर्मै पिच्छे, अलग नियम, संस्कृति, रितिरिवाज, जातजाति र भाषा अनि वेशभूषा ? के लाग्दैन हामीलाई कि चलन चल्तीका हामीले स्विकार्दै आएका यी धर्म, संस्कृति, जातजाति, भाषा र वेशभूषा सबै समय र कालखण्डका राजामहाराजाहरूले फेर्दै आएका र बनाउँदै आएका हुन् भनेर ?
हेर्नोस् त, प्रकृतिका नियमहरू के देखिन्छ उल्टो कहीँ ? कि छ उल्टो हाम्रो भन्दा फरक ? के बोटबिरुवा, रुख र सागसब्जीहरूले माटोमा जरा न गाडेर आकाशमा जरा हालेका छन् ? कि कहीँ देख्नु भो हाम्रा विद्वानहरूले, सूर्य पश्चिमबाट उदाएर पूर्वमा सूर्यास्त भएको ? के कहीँ देख्नु भो पहाड बगेर अनि समुद्र पहाड भएर तटस्थ भएर उभिएको ? कि देख्नु भो आकाशमा उड्ने चराहरू धर्तीभित्र सुरुङ खनेर लुकेका ।
के देख्नु भएन ए अक्षरका खेती गर्ने र अध्यन गर्ने विद्वानहरू हो ? कसरी आकाशमा करोडौँ ताराहरू मिलेर चम्किएर आनन्द लिई रहेका छन् ? के देख्नु भएन, समुद्रका पानीहरू कसरी एकर्कामा मिलेर निदाएका छन् ? के देख्नु भएन यहाँहरूले एउटै माटोमा विभिन्न स्वादका फलफुल, तरकारी र अन्नबाली उब्जेका ? के यो प्रकृतिको एउटै नियम छैन र ? र होइन र ?
वास्तवमा, आकाश र पतालको बिच जे जति छन्, सबै एउटै सृष्टि कर्ताको नै छन् र उसका एउटै नियम, अर्थ छन् र अस्तित्व पनि र सबैका आआफ्नै अर्थ छ सृष्टि हुनुको पनि र सबैका जोडी भाले र पोथी । र सबैका वीर्यबाट नै जन्म भएको छ । र जसको जन्म भएको छ उसको मृत्यु निश्चित छ । चाहे सूर्य र पृथ्वीको नै किन न होस् । र यही सत्य हो पनि ।
यदि हामीले सृष्टिलाई नै भगवान् मान्ने हो भने, उसको त एउटै नियम रहेछ त फेरि किन हामी र हाम्रोमा अनेकौँ धर्म, संस्कृतिको बारेमा विवादका अङ्कुसे अल्झाइ राख्नु पर्यो कि कसो हो ए विद्वान साथीहरू हो ?
के कहिले सुन्नु भएको छ यहाँहरूले, जब्बुर, तौरात र इन्जिल धर्म शास्त्र ? तर जरूर बाइलबल सुन्नु भएको होला र पढ्नु पनि भएकै होला । र त्यस्तै अरू पनि कुरआनको बारेमा तर पढ्नु भएको छैन होला । किनभने कुरआन मुसलमानले पढ्ने शास्त्र हो । कहाँ हिन्दुले पढ्नै हुँदैन, पाप लाग्छ । जसले वेदको कुरा गर्छ उसैले पढेका हुँदैनन् ती वेदहरू ।
हामी धर्म, संस्कृति र पहिचानको लागि झगडा गर्छौँ र मर्छौँ र मार्छौँ त्यसका लागि । तर सबैभन्दा ठुलो हामी एउटा कुरा भुल्छौँ कि हामी धर्म, संस्कृति र जातजातिभन्दा सबैभन्दा पहिले हामी संसारकै एक मानव हौँ भन्ने कुरा । हामी सनातनका कुरा गर्छौँ । पढ्नु होला जब्बुर, तौरात, इन्जिल र कुरआन अनि वेद छर्लङ्गै थाहा हुनेछ सनातन धर्म कुन हो र के हो भनेर ।
एकै टेबुलमा खापमाथि खाप राखिएका वेद, पुराण, जब्बुर, तौरात, इन्जिल, बाइबल र कुरआन मिलेर बस्छ । कहिल्यै उनीहरू एकापसमा लड्दैनन् । तर जसले ती कुनै एक्पनि पढेका हुँदैनन् । तिनीहरू धर्मको बारेमा काटमार गरिरहन्छन् । जसलाई धर्म के हो धर्मको ध पनि थाहा छैन ।
जब जब धर्म र संस्कृतिको कुरा आउँछ । हामी विवादमा पर्ने गर्छौँ र व्यर्थको झगडा गर्छौ र काट्ने र मार्नेको कुरा गर्छौ । गाई पुज्ने र गाइकाट्नेलाई विरोध गर्छौँ ।
यो कुरा सही हो, गाइको मुत पिउनेभन्दा गाईको मासु खानेहरू कयौँ गुणा विद्वान र कर्मठ धर्मी हुन् । जसको धर्ममा एउटै नियम छ र प्रकृतिवासीलाई नै च्यालेन्ज छ एउटै नियमको पालना गर्नु र एउटै ईश्वर/अल्लाहलाई पूजा इबादत गर्नु भन्ने । जसको शास्त्रमा कहीँ अन्याय नै छैन ।
यो कुरा एकदमै सही हो । कुकुर पुज्नेभन्दा कुकुरको मासु खाने देशका देशवासीहरू धेरै नै विद्वान र देश विकाश गरेका छन् । कुरा त सही हो त । उनीहरू आची खाने कुकुरलाई पुज्दैनन्। बरु कुकुरकै मासु खान्छन् । त्यो त मेरो दृष्टिकोणमा कयौँ गुणा श्रेस्कर काम ठान्छु म त ।
आची खाने कुकुरलाई पुज्नुभन्दा त के कुकुरकै मासु खानु राम्रो होइन र । केको यसमा विवाद । गाईलाई पुज्नु र गाइको मुत पिउनुभन्दा त गाइकै मासु खानु के असल होइन र ? हामीलाई पो ठिक न होला किनकि हामी धर्म र संस्कृतिको साङ्लोले बाँधिएका छौँ । तर जुन देशको शास्त्रमा नै गाई खाँदा हुन्छ भनेर लेखिएको छ र जुन देशको शासकले नै एउटै अल्लाहलाई नै पुज भनेर आदेश गरिएको छ । फेरि हामीलाई केको आइतबार हँ ?
मात्रै हामीले हामीलाई तौलेर, नापेर र जोखेर हेर्न को कत्तिको पानीमा छ अथवा उचाईँमा छ । केको आफ्नो आङ्मा भैँसी हिँडेको पनि न देख्ने अरूको आङ्मा जुम्रा हिँडेको देख्ने भनेको यही हो ।
हामी गाई खाने र पुज्ने झगडाको बारेमा साथ दिन्छौँ तर कहिल्यै उनीहरू पो बा सही हुन् की हामीभन्दा भनेर बुझ्ने र पढ्ने कोसिस भने कहिल्यै गर्दैनौँ ।
हामी गाई खाने र गाईको मुत पिउने र पूजा गर्नेबारेमा र कुकुर खाने र कुकुरलाई पुज्नेको बारेमा झगडी रहन्छौँ सधैँ । के कहिले सुन्नु भाछ यहाँहरूले कुनै ठाउँमा आफ्नै मरेको बाउको मुटु खाने चल्न छ भनेर ?
हो, छ । श्रीलङ्का र भारतको बोर्डर भएको अन्न बार एन्ड निको बार भन्ने प्रान्तको जङ्गली जातिहरूमा बाउ मरेपछि जेठो छोराले छाती चिरेर मुटु न खाएसम्म त्यो लास दाह संस्कारको लागि उपयुक्त मानिँदैन । अब भन्नुस् यहाँहरू के त्यो ठिक हो ? विश्वको नै कुनै पनि धर्मानुसार त्यो ठिक हुँदै होइन भनेर भन्नुहुन्छ यहाँहरू नै । तर उनीहरूलाई त्यो टिक्छ । त्यो उनीहरूको सनातन हो । त्यो उनीहरूको धर्म र संस्कृति हो । अब हामीले विरोध गरेर भो त, भएन ।
उनीहरूलाई हामीले तिमीहरूले यो गरेको रितिरिवाजहरू सबै गलत छ । आऊ तिमीहरू हामीतिर फर्क र परिवर्तन हौ भनेर सम्झाउनु भनेको हामीजस्तो मूर्ख अरू कोही होला त ?
हो, ठिक त्यस्तै भइरहेछ अहिले हामी हिन्दुलाई पनि । हामीलाई कसैले सम्झाउन खोज्यो अथवा हाम्रो भन्दा असल धर्म र सँसृतिको बारेमा बुझाउन खोज्यो भने त्योजस्तो दुस्मन अरू कोही हुँदै हुँदैन । किनकि हामी आफ्नो संस्कृति र धर्मलाई सनातन धर्म मानेर बसेका छौँ र सबैभन्दा राम्रो हाम्रै धर्म र संस्कृति छ भनेर बुझेका छौँ र यही बुझाइएका छन् हामीलाई ।
हामी हिन्दुमध्ये नै कोही अलि फरक सोच र विचार लिएर जन्मियो र हामीलाई हामीले गरेका धर्म, संस्कृति सबै गलत रहेछ भनेर सिकायो भने उसैलाई नै विरोध गर्छौ र सके मार्ने कोसिस पनि गर्छौँ ।
हामी कहिल्यै अँध्यारो मूर्खतको कुवाबाट निस्किएर बाहिरको दुनियाँ बुझ्न र पढ्नै चाहेनौँ । के सत्य होइन र ? र यही सत्य हो पनि ।
पढ्नु, लेख्नु र शिक्षित भएर विद्वान हुनु एक फरक पाटो हो तर थप खोज र अनुसन्धान गरेर समझदार हुनु भनेको अर्कै पाटो हो । जहाँ विरोध छ त्यहाँ बुझ्ने र खोज्ने गर्नुहोस् जरुर केही न केही भेटिन्छ । जुन गलत छ त्यसलाई तपाईँबाटै डिलेट गर्नुहोस् र विरोध गर्नुहोस् । सुरुवात सबैभन्दा पहिले आफैबाट सुरु गर्नुहोस् । यही नै हो परिवर्तन युग भनेको । अब मलाई सोध्नु होला यहाँहरूले, के तपाईँले गर्नु भो भनेर ? मैले गरेको छु र यी कुराहरूको अध्यन पनि गरेको छु ।
तपाईँलाई ठिक लागेको चीज तपाईँकै आफ्नै छोराछोरी, श्रीमती अथवा समाजलाई ठिक न लागेको हुन सक्छ । जे समाजलाई र देशलाई ठिक लाग्छ त्यो तपाईँलाई ठिक न लागेको पनि हुन सक्छ ।
अब यी चीजहरू बुझ्नु भनेको, आगो र पानीसँग कहिल्यै खेल्नु हुन्न तर त्यसको सही सदुपयोग सही ढङ्गले गर्नु भनेको वैज्ञानिक युग हो र यही नै वैज्ञानिक प्रयोग हो भन्छु म त ।
गाई र कुकुर खानुमा कुनै गलत देख्दिन म त । तर गाई र कुकुरलाई वर्षको एकचोटी कल्पनाका आधारमा लेखिएका कथाको आधारमा पुज्नु भनेको सरासर गलत देख्छु म त । अझ न बोल्ने मूर्ती पुज्नु त झनै गलत देख्छु म त ।
जजसले मूर्तीको विरोध गरेर र एउटै ईश्वर पुज्न सिकाउने उनै जेसस्, मोसेज, याकुब, आदम, युसुफ, इब्राहिम, नूह, इस्माइल यी सबै रसुललाई भगवान् मान्ने संसार कस्तो हुनु ? भो कुरै न गरुम् ।
जुन महादेव आफ्नै श्रीमती बचाउन सक्दैन । उसैसँग आफ्ना दुख हरणको एक महारथी मान्ने यो हाम्रो देशको कुरै न गरुम् भो । जुन गणेशले आफ्नै शिर काटिनबाट बचाउन सकेन त्यै देशमा, श्री गणेशाय नमः: को मन्त्रको जाप हुन्छ । त्यो देशको देश बासी र देशको कस्तो हालत होस् । भो कुरै नगरुम् ।
महोत्तरी, गौशाला न. पा. १