वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया जान यसपालि भाषा परीक्षामा पास हुनेमध्ये आधामात्र जान पाउने भएका छन्। यो वर्ष परीक्षामा पास भएका १२ हजार ९ जनामध्ये दक्षिण कोरियाले ६ हजार ७ सय मात्र कामदार लैजाने इपिएस साखा सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिनुभयो ।
यो वर्ष दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रमा ४ हजार ७ सय र कृषि मूलक क्षेत्रमा २ हजार कामदार लैजाने त्यहाँको मानव संशाधन केन्द्रले जानकारी गराउको भण्डारीले बताउनुभयो । उत्पादनमूलक क्षेत्रमा ९ हजार १ सय ३३ र कृषिमूलक क्षेत्रमा २ हजार ८ सय ७६ जनाले नाम निकालेका थिए। भदौ ४ देखि १८ गतेसम्म सीप परीक्षण दक्षिण कोरिया जान पाउने– नपाउने निश्चित गर्ने भण्डारीले बताउनुभयो ।
सीप परीक्षणको लागि असार २० देखि २९ गतेसम्म रजिस्ट्रेसन फारम भरिसक्नु पर्ने इपिएस शाखाले जनाएको छ।पछिल्लो समय दक्षिण कोरियाले विदेशी कामदारको लागि भाषासँगै सीपमा पनि जोड दिँदै आएको छ।