अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 02:36

सहमति जुटाउन खोज्दा नागरिकता विधेयक अघि बढ्न सकेनः गृहमन्त्री थापा

बिआरटीनेपाल २०७६ असार १० गते ९:३७ मा प्रकाशित

नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले राजनीतिक सहमति जुटाउन खोज्दा नागरिकता सम्बन्धि विधेयक अघि बढ्न नसकेको बताउनुभएको छ । मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्य नवराज सिलवालले प्रश्न उठाएपछि गृहमन्त्री थापाले राजनीतिक सहमतिमै अघि बढाउन खोज्दा नागरिकता सम्बन्धि विधेयक अघि बढन नसकेको प्रष्ट पार्नुभयो । नागरिकता सम्बन्धि विधेयक संवेदनशील विषय भएकाले पनि त्यसलाई पारित गर्न ढिलाई भएको गृहमन्त्री थापाको दावी छ ।

गृहमन्त्री थापाले प्रहरी कर्मचारी समायोजनका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा पनि राजनीतिक सहमति जुटाउने प्रयास गर्दा समितिमा पेश गर्न केही ढिलाई भएको पनि बताउनुभयो । नागरिकता विधेयकबारे राष्ट्रिय सहमति खोज्न गत फागुन ७ गते ९ सदस्यीय उपसमिति गठन गरिएको थियो ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको उपसमितिले सो विषयमा सहमति जुटाउन अझै सकेको छैन । नागरिकता विधेयकमाथिको छलफलका क्रममा समितिका सदस्यहरुबीच नेपाली महिलासँग विवाह गर्नै विदेशी र नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई समान व्यवहार गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू