अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३३
| Colorodo: 17:48
बेलायती प्रधानमन्त्री थेरेसा मे आजबाट कन्जरभेटिभ पार्टीको नेताबाट औपचारिक रुपमा बाहिरिनुभएको छ । युरोपियन युनियनबाट बेलायत बाहिरिने ब्रेक्जिटका विषयमा मे ले संसदमा पेश गरेका सबै प्रस्तावहरु असफल भएपछि दुई साता अघि प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो ।
कन्जरभेटिभको नेताबाट हटेपछि पार्टीमा मे को उत्तराधिकारी खोज्ने बाटो खुलेको छ । पार्टीले नेताका रुपमा अर्को प्रधानमन्त्री छनौट नगरेसम्म मेले नै प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने बताईएको छ । मेले अघि सारेका योजनाहरुको उहाँकै पार्टीका नेताहरुले विरोध गरेपछि उहाँलाई पद त्याग गर्न दबाब बढेको थियो । मे कन्जरभेटिभ नेताबाट हटेपछि नयाँ प्रधानमन्त्री चयनका लागि पार्टी भित्र नेताहरु छलफलमा जुटिरहेका छन् ।