अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१२
| Colorodo: 13:27
मेक्सिकोका राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेज आब्राडोरले जुनको अन्त्यमा हुन लागेको जि २० सम्मेलनमा भाग नलिने घोषणा गर्नुभएको छ । आगामी जुनको २८ र २९ तारिखमा जापानको ओसाका शहरमा हुन लागेको सम्मेलनमा आन्ड्रेस्ले नजाने घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।
राष्ट्रपति आन्ड्रेस्ले आफूले जि २० सम्मेलनमा भाग नलिने जानकारी गराउनुभएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । नियमित पत्रकार सम्मेलनका क्रममा उहाँले आफू सो सम्मेलनमा नजाने र सम्मेलनमा आफूले मध्यमार्गी सुझाव पठाउने धारणा राख्नुभयो । जी २० सम्मेलन जुनको २८ र २९ मा जापान हुदै छ ।