अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 14:43

अत्याधिक औषधी सेवनका कारण समलिंगी अमेरिकीलाई सेनामा प्रतिबन्ध लगाईएको राष्ट्रपति ट्रम्पको खुलासा

बिआरटीनेपाल २०७६ जेठ २२ गते १०:०१ मा प्रकाशित

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अत्यधिक मात्रामा औषधी प्रयोग गर्ने भएकाले समलिंगी (ट्रान्सजेण्डर) अमेरिकीलाई सेनामा प्रतिबन्ध लगाइएको बताउनुभएको छ । ब्रिटेनको एक टेलिभिजनसँगको साक्षात्कारमा बुधबार राष्ट्रपति ट्रम्पले यस्तो खुलासा गर्नुभएको हो ।

डाक्टरको निर्देशनमा लिइने औषधीको प्रयोगको नियमनमा अमेरिकी सेनाभित्र कडा नियम रहेको उहाँको भनाइ थियो ।

लामो समयसम्म चलेको कानुनी लडाई पछि अमेरिकमा गत अप्रिल महिनाबाट यो नियम लागू गरिएको थियो । ट्रम्पको तीन दिने ब्रिटेन यात्रा बुधवार सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू