अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३४ | Colorodo: 13:49

इन्डोनेसियामा ६.० म्यानिच्यूडको भूकम्प

बिआरटीनेपाल २०७६ जेठ २० गते ९:४४ मा प्रकाशित

इन्डोनेसियिाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६.० म्यानिच्यूडको भूकम्प गएको छ। यहाँको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले सो जानकारी दिएका छन्। यस भूकम्पपछि सुनामीको भने कुनै सुचना नदिएको सो विभागले जनाएको छ। स्थानीय समयानुसार सोमबार अपराह्न १२ः ५७ मा भूकम्प गएको थियो ।

सो भूकम्पको केन्द्रविन्दु निआज सुलातानबाट ३० किलोमिटर दक्षिणपश्चिममा समूद्र सतहबाट ३० किलोमिटर गहिराइमा रहेको जनाइएको छ। यस भूकम्पछि धनजनको क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ। इन्डोनेरियामा बारम्बार भूकम्प र ज्वालामूखि जस्ता प्रकोपले सताउने गरेको पाइन्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू