अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२२
| Colorodo: 11:37
जापानको राजधानी टोकियोको बाहिरी क्षेत्रमा रहेको पार्कमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् । बालबालिकालाई लक्षित गरी चक्कु प्रहार गरिएको हो ।
स्थानीय समय अनुसार मंगलबार बिहानै पार्कमा ती व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गरेका हुन् । आक्रमणपश्चात आक्रमणकारीले आफैलाई चक्कु प्रहार गरी आत्महत्या गरेको बताइएको छ । घटनास्थलबाट २ वटा चक्कु फेला परेका छन् ।