अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६
| Colorodo: 11:31
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी बिहीवार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुहुने भएको छ । हालै सम्पन्न लोकसभा निर्वाचनमा ऐतिहासिक जित हासिल गरेको भारतीय जनता पार्टीले फेरि सरकारको नेतृत्व गर्ने भएसंगै सो पार्टीका संसदीय दलका नेता मोदीले नै सरकारको नेतृत्व गर्नुहुनेछ ।
राष्ट्रपति रामनाथ कोविन्दले मोदीलाई राष्ट्रपति भवनमा शपथ गराउने कार्यक्रम सार्वजनिक भइसकेको छ । स्थानीय समयानुसार बिहीवार साँझ ७ बजे मोदी र उहाँ नेतृत्वको मन्त्रिपरिषद सदस्यको समथ गराइने भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि, सन् २०१४ मा मोदीले पहिलो कार्यकाल सम्हाल्नुभएको थियो ।