अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२९
| Colorodo: 14:44
सगरमाथा आोहणका क्रममा एक आइरिश र एक बेलायती पर्वतारोहीको मृत्यु भएपछि त्यहाँ मृत्यु हुनेहरूको संख्या १८ पुगेको छ । पर्वतारोहण अभियान आयोजक का अनुसार अधिकांश पर्वतारोहीहरूको मृत्यु थकान, कमजोरी र भीडभाडका कारण भएको हो ।
बेलायती पर्वतारोही रबिन फिशरको शनिवार बिहान सगरमाथाको शिखर पुगेर तर तल ओर्लिने क्रममा मृत्यु भएको थियो । सगरमाथामा भारतका ४ सहित अमेरिका, अस्ट्रिया र नेपालका १/१ पर्वतारोहीको एक हप्ताको बीचमा मृत्यु भएको छ ।
सगरमाथाको शिखर चढ्नका लागि पर्वतारोहीको जाम लागेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि पर्वतारोहीहरूको सुरक्षामा प्रश्न उठेको छ । दुई सयभन्दा बढी पर्वतारोहीले शिखर पुग्ने कोशिश गर्दा सगरमाथामा ट्राफिक जाम भएको बताईन्छ । शिखरमा पुग्नका लागि पर्वतारोहीहरूले दुई घन्टाभन्दा बढी समय कुर्नुपर्दा पनि मृत्यु भएको बताईएको छ ।