अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२८ | Colorodo: 22:43

आफ्नै ‘राष्ट्रिय सुरक्षा सल्लाहकार’को भनाइ राष्ट्रपति ट्रम्पद्धारा खारेज

बिआरटीनेपाल २०७६ जेठ १२ गते ७:४९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाले मिसाइल परीक्षण गरेको राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन बोल्टनको भनाइ खारेज गर्नुभएको छ । जापान भ्रमणमा रहनुभएका राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत उत्तरको मिसाइललाई साना हतियार भन्दै यसबाट केहीलाई बाधा परे पनि आफुलाई भने केही नगरेको उल्लेख गर्नुभएको छ । उहाँले उत्तर कोरियाली नेता किम जोङ उनको निशस्त्रीकरणको प्रतिबद्धताप्रति आफु विश्वस्त रहेको पनि बताउनुभयो ।

गत हप्तामात्र जापानका प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाको मिसाइल परीक्षण अत्यन्त निन्दनीय भएको बताउनुभएको थियो । बोल्टन र आबे दुवैले उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रस्तावना उल्लंघन गरेको आरोप लगाउनुभएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनबीच यसअघि पनि भेनेजुयला र इरानसँगको सम्बन्धलगायतका विदेश नीतिका विषयमा मत विभाजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू