अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४५ | Colorodo: 12:00

राहुल गान्धीलाई पराजित गरेकी स्मृति इरानीका निकट सहयोगी सुरेन्द्र सिंहको गोलीहानी हत्या

बिआरटीनेपाल २०७६ जेठ १२ गते ७:२८ मा प्रकाशित

भारतको उत्तर प्रदेश राज्यको अमेठीमा भारतीय जनता पार्टीका एक कार्यकर्ताको हत्या भएको छ । समाचार एजेन्सीहरुका अनुसार राजनीतिक प्रतिशोधका कारण उक्त हत्या भएको आशंका गरिएको छ ।

बलौलिया गाउँका पूर्वप्रधानपञ्च ५० वर्षीय सुरेन्द्र सिंहको हत्या भएको हो । स्थानीय समयानुसार शनिबार राति ११ः३० बजे अज्ञात व्यक्तिले उनलाई गोली हानेर हत्या गरेको हो । प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुसँग सोधपुछ भइरहेको प्रहरीको भनाइ छ ।

हालै सम्पन्न लोकसभा निर्वाचनमा सो क्षेत्रबाट भारतीय जनता पार्टीकी नेतृ स्मृति इरानी निर्वाचत हुनुभएको छ । उहाँले कांग्रेस अध्यक्ष राहुल गान्धीलाई पराजित गर्नुभएको थियो । । मृतक सुरेन्द्र भाजपाकै सक्रिय कार्यकर्ता हुनुका साथै नवनिर्वाचित सांसद इरानीको निकट सहयोगी रहेको बताइन्छ ।

निर्वाचनका क्रममा बरौलिया गाउँ निकै चर्चामा थियो । कांग्रेस महासचिव प्रियंका गान्धीले उक्त गाउँमा आफ्नो पार्टी अध्यक्ष राहुल गान्धीलाई अपमानित गर्न भाजपाले स्थानीयलाई जुत्ता वितरण गरेको आरोप लगाउनुभएको थियो । पार्टीका राष्ट्रिय अध्यक्ष पराजित भएको अवस्थामा कांग्रेसका स्थानीय नेता–कार्यकर्ता निकै आक्रोसित भएको र सोही प्रतिशोधमा उक्त हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू