अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१४
| Colorodo: 14:29
पर्यटन विभागले सगरमाथा लगायत क्षेत्रमा परी निधन भएका आरोहीको मृत्युको कारण ट्राफिक चाप मात्र नरहेको स्पष्ट पारेको छ ।
विभागले आज विज्ञप्ती जारी गर्दै हिमालमा अनेक प्रतिकूलताका कारण मानिसको निधन हुने भन्दै केवल ट्राफिक चापका कारण निधन भन्ने आसयको प्रचारले सगरमाथाको महत्व र गरिमा होच्याउने काम गरेको उल्लेख गरेको हो ।
आरोहीको मृत्युको कारण वैज्ञानिक पद्धतिबाट मात्र पहिचान गर्न सकिने उल्लेख गरेको छ । विभागका अनुसार बसन्त ऋतुमा ३२ हिमालका लागि एक सय १६ आरोहण अनुमतिमार्फत आठ सय ९५ जनालाई हिमाल आरोहणको अनुमति थियो ।
यस सिजनमा मात्र हिमाल आरोहणमा जाने र फर्कने क्रममा १६ जनाको मृत्यु भइसकेको छ । सगरमाथामा मात्र ८ जनाको निधन भएको छ ।