अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३३ | Colorodo: 06:48

पाकिस्तानको एक पाँच तारे होटल बन्दुकधारीको कब्जामा

बिआरटीनेपाल २०७६ वैशाख २९ गते ९:२६ मा प्रकाशित

पाकिस्तानको एक पाँच तारे होटल बन्दुकधारीले कब्जामा लिएका छन्। पाकिस्तानी सुरक्षा अधिकारीहरूका अनुसार बलुचिस्तान प्रान्तको ग्वादर सहरमा रहेको पाँच तारे होटल पर्ल कन्टिनेन्टलमा बन्दुकधारीले हमला गरेर कब्जामा लिएका हुन् । तीन बन्दुकधारीले होटलमा  शनिबार साँझ हमला गरेका थिए। उनीहरूको कब्जाबाट होटललाई मुक्त गर्ने क्रममा एक सुरक्षाकर्मीको मृत्यु भएको छ । ती बन्दुकधारीले कोही पनि ग्राहक तथा कमैमात्र होटलका स्टाफ भएको बेलामा आक्रमण गरेका थिए ।

हमलाको जिम्मा विखण्डनकारी संगठन बलोचिस्तान लिबरेशन आर्मीले लिएको छ।  उक्त संगठनका प्रवक्ता जुनैद बलोचले वैदेशिक लगानीलाई निशाना बनाउने नीति अनुसार उक्त हमला गरिएको बताईएको छ । अझै पनि केही कर्मचारी उनीहरूको नियन्त्रणमा भएको आशंका गरिएको छ । तर, सुरक्षाकर्मीले भने होटलको ९५ प्रतिशत भाग बन्दुकधारीको नियन्त्रणबाट मुक्त गरिएको छ।

बन्दुकधारीले स्थानीय समय अनुसार शनिबार साँझ ४ बजेर ५० मिनेटमा होटलमा महला गरेका थिए। गत साता मात्रै १४ जनाको ज्यान लिनेगरी हमला भएको थियो।  महलामा ज्यान गुमाउने मध्ये ११ जना सुरक्षाकर्मी थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू