अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२२ | Colorodo: 05:37

बोको हराम विरुद्ध लड्ने सयौ बालबालिका घर फर्काइए

बिआरटीनेपाल २०७६ वैशाख २८ गते ८:३६ मा प्रकाशित

नाइजेरियामा आतंकवादी गतिविधिमा संलग्न हुँदै आएको बोको हराम समूह विरुद्ध लड्ने सशस्त्र समूहका ९ सय बालबालिका घर फर्काइएका छन् । युनिसेफका अनुसार बोको हरामविरुद्ध लड्ने समूह सिभिलिएन जोइन्ट टास्क फोर्स सिजेटिभीमा भर्ती भएका बालबालिका घर फर्काइएका हुन् ।

जसमध्ये १ सय ६ जना किशोरी रहेका छन् । नाइजेरियामा आतंकवाद विरुद्ध लड्न सन् २०१३ देखि सिजेटिएफ शसस्त्र समूहको स्थापना भएको थियो । त्यस समूले बोको हरामविरुद्ध लड्न बालबालिकालाई आफ्नो समूहमा भर्ती गर्ने गरेको छ ।

सन् २०१३ देखि २०१७ सम्ममा नाइजेरियामा २५ सय बालबालिका सिजेटिएफमा भर्ती भएको युनिसेफको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू