अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 06:44

मोदी ‘भारतका विभाजनकारी प्रधानमन्त्री’ – टाईम म्यागेजिन

बिआरटीनेपाल २०७६ वैशाख २८ गते ४:३५ मा प्रकाशित

अमेरिकाबाट प्रकाशित हुने चर्चित म्यागजिन ‘टाइम’ले आफ्नो नयाँ अंकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलार्य विभाजनकारी प्रधानमन्त्रीको रुपमा चित्रण गरेको छ । प्रधानमनत्री मोदीमाथिको आवरण कथा अन्तरगत म्यागजिनको आवरणमा नरेन्द्र मोदीको पेन्टिङ तस्वीर छ जसको छेउमा लेखिएको छ ,‘भारतका विभाजनकारी प्रधानमन्त्री’ ।

टाइम म्यागजिनले आवरण पृष्ठलाई ट्वीट गर्दै लेखेको छ ,‘टाइमको नयाँ अन्तराष्ट्रिय आवरणः के संसारको सबैभन्दा ठूलो लोकतन्त्रले मोदीको सरकारलाई आगामी पाँच वर्षसम्म थप झेल्न सक्ला ?’ म्यागजिन २० मेमा बजारमा आउनेछ । भारतमा मे १९ मा लोकसभा निर्वाचन अन्तर्गतको अन्तिम चरणको निर्वाचन हुनेछ । निर्वाचनको अन्तिम परिणाम मे २३ मा बाहिरिनेछ ।

प्रिन्ट भर्सनमा आउन बाँकी भए पनि ‘टाइम’को वेबसाइटमा आवरण स्टोरी प्रकाशित भइसकेको छ । त्यसमा मोदी गुजरातको मुख्यमन्त्री भएदेखि भारतको प्रधानमन्त्री भए सम्मको चर्चा र विश्लेषण छ ।  मोदी सन् २०१४ मा अभूतपूर्व सिटसहित प्रधानमन्त्री बन्नुभएको थियो । स्टोरीमा मोदीका उल्लेखनीय कार्यको पनि चर्चा गरिएको छ ।

टाइम म्यागजिनको प्रिन्ट भर्सन भारतमा आउन बाँकी रहेपनि त्यसको आवरण फोटो भारतीय समाजिक संजाल प्रयोगकर्तामाझ ‘ट्रेण्ड’मा आइसकेको छ । यस फोटोलाई लिएर प्रयोगकर्ताले फरक फरक धारणा राखेका छन् । मोदीका समर्थकले टाइमको आवरणको विरोध गरिरहेका छन् । अर्को तर्फ केहीले टाइमको आवरण कथाले पूर्ण रुपमा सही कुरा गरेको भन्दै समर्थन गरिरहेका छन् । केही भारतीयले भने टाइमजस्तो विश्वस्तरीय म्यागजिनको आवरणमा आउनुलाई मोदीको लोकप्रियतासँग जोडेर हेरिरहेका छन् ।

यस अघि पनि सन् २०१५ मेमा टाइम म्यागजिनले मोदीमाथि आवरण कथा गरेको थियो । ‘ह्वाई मोदी म्याटर्स(मोदी किन महत्वपूर्ण छन् ) भन्ने स्टोरीमा मोदीबारे सन्तुलित विश्लेषण थियो । मोदीकै समर्थकमध्य केहीले टाइमजस्तो विदेशी मिडियासँग भारतको प्रधानमन्त्रीविरुद्ध लेख्ने कुनै अधिकार नभएको लेखेका छन् ।

भारतमा चर्चामा रहेको आवरण स्टोरीका लेखक आतिश तासीर हुन् । ब्रिटेनमा जन्मे र उतै हुर्के आतिश भारतीय पत्रकार तवलीन सिंहका छोरा हुन् । टाइम म्यागजिनले सधैं मोदीको आलोचना मात्र गरेको छैन । सन् २०१६ मा म्यागजिनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाठक सर्वेक्षणको आधारमा वर्ष व्यक्ति(पर्सन अफ द इयर)घोषणा गरेको थियो । मोदीले सबैभन्दा धेरै १८ प्रतिशत मत पाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू