अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१० | Colorodo: 04:25

भूमध्य सागरमा आप्रवासी सवार डुंगा पल्टिदा कम्तिमा ६५ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ वैशाख २८ गते २:२७ मा प्रकाशित

भूमध्य सागरमा आप्रवासी सवार डुंगा पल्टिँदा कम्तिमा ६५ जनाको ज्यान गएको छ । ट्युनिसियाको तटीय क्षेत्र नजिक आप्रवासी सवार डुंगा पल्टिएको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसिआर) ले जनाएको छ ।

युएनएचसिआरका अनुसार दुर्घटनामा १६ जनाको सकुशल उद्धार भएको छ । बाँच्न सफल भएकाहरुका अनुसार डुंगा बिहीबार लिबियाको जुवाराबाट छुटेको थियो । शक्तिशाली छाल आएका कारण अनियन्त्रित भएर डुंगा पल्टिएको जनाईएको छ ।

युरोप प्रवेश गर्ने लक्ष्यसहित आप्रवासीहरु उक्त डुंगामा सवार थिए । सन् २०१९ को पहिलो चार महिनामा लिबिया हुँदै युरोप पुग्ने मार्गमा यस्तै प्रकारको दुर्घटनाका कारण झण्डै १६४ जनाको ज्यान गइसकेको युएनएचसिआरको तथ्यांकले देखाएको छ ।

पछिल्लो पटक भएको यो दुर्घटना सन् २०१९ कै ठूलो रहेको उल्लेख गरिएको छ । ट्युनिसियाको नेभीले उद्धार गरि तटीय क्षेत्रमा ल्याएका आप्रवासीहरु अहिले डुंगाबाट उत्रिनका लागि अनुमतिको पर्खाईमा रहेका छन् ।

लिबियामा जारी हिंसाका कारण मानिसहरु असुरक्षित र अवैध बाटो अपनाएर युरोप प्रवेश गर्ने गरेका छन् । त्यसक्रममा धेरैको समुद्रमा डुबेर ज्यान जाने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू