अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 00:00

संसद् बैठक– संसदीय मर्यादाविपरीतका शब्द संसद्को रेकर्डबाट हटाईयो

बिआरटीनेपाल २०७६ वैशाख २७ गते ९:३८ मा प्रकाशित

३ दिनअघिको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री र काँग्रेस सांसदबाट व्यक्त संसदीय मर्यादा विपरीतका शब्द संसदको अभिलेखबाट हटाइएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकको सुरुमै सभामुख कृष्णवहादुर महराले अघिल्लो बैठकमा प्रधानमन्त्री र सांसदहरू दुवै पक्षबाट प्रयोग भएका त्यस्ता शब्द अभिलेखबाट हटाउन निर्देशन दिएपछि शब्दहरु हटाईएको जनाईएको छ ।

सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको स्पष्टीकरण र जिज्ञासाका क्रममा व्यक्त भएका संसदीय मर्यादा अनुकूल नभएका शब्द अभिलेखबाट हटाउन सभामुखले सचिवालयलाई निर्देशन दिनु भएको थियो । सभामुखले निर्देशन दिएलगत्तै नेकपाका सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै त्यस दिन प्रधानमन्त्रीविरुद्ध गैरसंसदीय शब्द धेरै प्रयोग भएको भन्दै सबै हटाइनुपर्ने धारणा राख्नुभयो ।

लगतै सभामुख महराले आफूले प्रधानमन्त्री र काँग्रेसका सांसद्का संसदीय मर्यादाविपरीतका शब्द हटाउन भनेको स्मरण गराउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू