अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२४ | Colorodo: 01:39

अमेरिकामा रहेका रामचन्द्र नेपालका अनाथ बालबालिकाको सहयोगमा

बिआरटीनेपाल २०७३ मंसिर १३ गते ७:२३ मा प्रकाशित

अमेरिकाको डेनभरमा रहंदै आएका रामचन्द्र पन्तले नेपालका अनाथ बालबालिकाको लागि सहयोग गर्ने भएका छन् । रामचन्द्रले जीवन उत्थान नामक संस्थाले हेर्दै आएका ४३ जना बालबालिकालाई आफ्नो ब्यक्तीगत तर्फवाट करिव ८५ हजार रुपैंया बराबरको सहयोग गर्न लागेका हुन् ।

हाल नेपालमा रहेका रामचन्दले बिआरटी नेपाल डटकमका नेपाल प्रतिनिधी संगको कुराकानीमा आफुले गरेकोे सानो पहलले बालबालिकाको शिक्षामा केहि हद सम्म भएपनि सहयोग पुग्ने देखेरे जीवन उथ्थानका बालबालिकालाई सहयोग गर्न लागेको बताए ।

अमेरिका फर्कनु अघि नै उक्त सहयोग गर्न लागेका उनले मंगलबार फर्पीङ स्थीत जीवन उत्थान नामक संस्थाका बालबालीकालाई भलिवल, फूटवल, मादल, बास्केटबल, लुडो लगायतका खेलकुद सामग्री साथै संगीत संग सम्बन्धीत बाध्य सामग्री बितरण गर्न लागेका छन् ।unnamed-9

गएको मंसिर ७ गते पनि उनको परिवारले जीवन उत्थानका बालबालिकालाई खाना खुवाएको थियो । रामचन्द्रकी श्रीमतीका भाई समाजसेवी शकुन्तला सिवाकोटी र माधव सिवाकोटीका छोरा सुदिप सिवाकोटीको बिवाह भोज जीवन उत्थानकै अनाथ बालबालिकालाई खुवाएर प्रंसशनिय काम गरेका उनिहरुले बिबाह भोजमा खर्च हुने रकमले बालबालिकालाई मासु भात, मिठाई लगायतका खानेकुरा खुवाएका थिए ।unnamed-8

आफुले निस्वार्थ भावले बालबालिकालाई सहयोग गर्न खोजेकोले यो कार्यमा सबैको साथ र सहयोग भए, बावुआमा गुमाएका र आर्थीक रुपले बिपन्न भएर पढ्न नपाएका यस्ता बालबालिकाहरुलाई टेवा पुग्ने रामचन्द्रले बताए ।

उनले भने, ‘हामीले आफ्नो ब्यक्तीगत सुख सुबिधामा खर्चेको रकमको सानो हिस्सा मात्र यस्ता बालबालिकालाई छुट््याउन सकेपनि बच्चाहरुको लागि ठुलो राहत हुन्छ । एक्लैले भन्दा सबैले यस्तो कार्यमा हातेमालो गर्न सके बच्चाहरुको शिक्षामा केहि हदसम्म भएपनि सहज हुने देखिन्छ ।’

जीवनउत्थान नामक संस्था हाल यस्तै सहयोगी मनहरुले दिएको रकमले चलिरहेको संस्था हो । गत बर्ष बैशाख १२ को भुकम्पमा परि बावु आमा गुमाएका साथै बिबिध कारणले अनाथ हुन पुगेका २ बर्ष देखी १७ बर्ष उमेर सम्मका ४३ जना बालबालिकाको गास बास साथै शिक्षाको जिम्मा यो संस्थाले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू