अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१३
| Colorodo: 02:28
संयुक्त राष्ट्रसंघको समर्थन रहेको लिबिया सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तारका विद्रोही सेनाबीच केही समयदेखि जारी भीषण सङ्घर्षका कारण लिबियामा कम्तीमा ३ सय ९२ जनाको मृत्यु भएको छ । हिंसामा परी १ हजार ९३६ जना घाइते भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जानकारी दिएको छ ।
डब्लूएचओका अनुसार करिब ५० हजार सर्बसाधारण विस्थापित भएका छन् । लिबियामा सन् २०११ मा मुअम्मर गद्दाफीको शासन पतन भएसँगै सङ्क्रमणकालीन सङ्घर्षका कारण विभिन्न समूहबीच सशस्त्र द्धन्द जारी रहेको छ ।