अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:११ | Colorodo: 02:26

थाइल्याण्डका राजाद्धारा आफ्नै अंगरक्षकसँग विवाह

बिआरटीनेपाल २०७६ वैशाख १९ गते १०:०१ मा प्रकाशित

थाइल्याण्डका राजा महा वजिरालंगकर्णले आफ्नै अंगरक्षकसँग बिवाह गर्नुभएको छ । थाई नरेश वजिरालंगकर्णले आफ्नो राज्याभिषेक हुनुभन्दा अगाडी नै आफ्नै सुरक्षामा खटिएकी सुथिडा नाम गरेकी महिलासँग विवाह गर्नुभएको हो । ६६ बर्षीय नरेशले ४० बर्षीया महिलासँग तेस्रो विहे गरेपछि उनलाई रानी सुथिडा नाम दिइएको छ ।

नरेश महा वजिरालंगकर्णको शनिबार राज्याभिषेक हुँदैछ । राज्याभिषेक अगावै रानीको मान्यता दिन उहाँले विवाह गरेको बताइएको छ । विवाह समारोहको दृश्य थाई टेलिभिजनले बुधबार बेलुका देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

६६ वर्षीय राजा वजिरालंगकर्ण सन् २०१६ मा पिता राजा भूमिवोल अदुल्यादेजको निधनपछि राजा बन्नुभएको थियो । अहिले विहे गरेकी महिला भने वजिरालंगकर्ण युवराज छँदै सन् २०१४ मा अंगरक्षकको टिममा प्रवेश गरेकी थिइन् । सुथिडाले राजाको विशेष सुरक्षा दस्तामा रहेर लामो समयसम्म काम गरेकी छन् । शाही सुरक्षामा जोडिनु अघि उनी थाई एयरलाइन्समा परिचारिका थिइन् ।
उनीहरुबीच प्रेम रहेको पनि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका थिए । थाईल्याण्डमा राजपरिवारका सदस्यबारे प्रेसमा वा सार्वजनिक रुपमा टिप्पणी गरिँदैन । राजा वजिरालंगकर्णको यसअघि तीन जनासँग विवाह भएपनि तीनै जनासँग सम्बन्ध बिच्छेद भैसकेको छ ।

थाई नरेशले तेस्री श्रीमतीसँग पाँच बर्षअघि १३ बर्ष लामो वैवाहिक सम्बन्धलाई विच्छेद गरेका थिए । पहिलेका तीन विवाहबाट थाई नरेशका सात सन्तान छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू