अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 01:53

भारतमा आँधी “फानी” आउने चेतावनी ८ लाख मानिसलाई सुरक्षित स्थानमा

बिआरटीनेपाल २०७६ वैशाख १९ गते ९:४१ मा प्रकाशित

भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी फानी आउने चेतावनी दिईएको छ । आँधी आउन लागेको आशंकामा त्यस क्षेत्रका करिब ८ लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ । सामुद्रिक आँधी २०० किलोमिटर प्रतिघन्टाको गतिमा आउन लागेको अनुमान मौसमविद्हरुले गरेका सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

भारतको प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले एएफपी समाचार समितिलाई उडिसा राज्यको कम्तीमा १३ ओटा जिल्लाका ७ लाख ८० हजार व्यक्तिलाई आँधीले प्रभाव पार्नसक्ने इलाकाबाट सारिएको बताएका छन् ।

‘फानी’ नामक यस सामुद्रिक आँधीका कारण शुक्रबार अपराह्नमा हिन्दुहरुको तीर्थस्थल पुरीनजिकै भूस्खलन हुने पनि अनुमान गरिएको छ । हाल बंगालको खाडीबाट यस समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघन्टाको वेगमा भारतको ओडिसा राज्यतिर बढिरहेको बताइएको छ ।

फानीले शुक्रबार जमिनमा प्रहार गर्ने अनुमान गरिएको छ । त्यो ओडिसाको तट हुँदै बंगलादेशतर्फ लाग्ने बताइएको छ । नेपालको मौसम पूर्वानुमान महाशाखाले सो समुद्री आँधी नेपाल नजिकै पूर्वोत्तर भारतबाट बंगलादेशतिर जाँदा कमजोर हुने भएपनि त्यसको केही प्रभाव नेपालमा पर्नसक्ने बताएको छ ।

करिब एक हजार विद्यालय र सरकारी भवनहरुमा १० लाखभन्दा बढी व्यक्तिलाई शरण दिइएको बताइएको छ । छिमेकमा पर्ने राज्य आन्ध्र प्रदेश र तामिलनाडुलाई पनि यस आँधीले प्रभावित पार्नसक्ने अनुमा गरिएको छ । त्यसैले ती क्षेत्रहरुमा उच्च सर्तकतामा राखिएको छ । भारतको पूर्वी र दक्षिणपूर्वी क्षेत्रमा अप्रिलबाट डिसेम्बरसम्म प्रायः आँधीले सताउने गरेको हुन्छ ।

सन् २०१७ मा तामिलनाडु र केरला राज्यमा आएको सामुद्रिक आँधी ‘ओक्खी’का कारण करिब २५० व्यक्तिले ज्यान गुमाएका थिए । त्यस्तै, ६०० व्यक्ति बेपत्ता भएका थिए । गत अक्टोबरमा पनि सामुद्रिक आँधी ‘टिल्ली’का कारण ओडिसा राज्यबाट करिब तीन लाख व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू