अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२२
| Colorodo: 01:37
भारतमा जारी लोकसभा चुनावअन्तर्गत सोमबार चौथो चरणको मतदान सम्पन्न भएको छ । आज १४ राज्यका ७१ लोकसभा सिटका लागि मतदान भएको हो । यो चरणमा महाराष्ट्रमा सबैभन्दा धेरै १७ सिटका लागि मतदान भएको छ ।
यस्तै राजस्थान र उत्तर प्रदेशमा १३/१३, पश्चिम बंगालमा ८, मध्य प्रदेश र उडिसामा ६/६, बिहारमा ५ , झारखण्डमा ३ तथा जम्मू–कश्मीरमा १ लोकसभा सिटका लागि निर्वाचन भएको हो । भारतमा अहिलेसम्म तीन चरणमा कुल ३ सय २ सिटका लागि मतदान भइसकेको छ । चौथो चरणपछि यो संख्या ३ सय ७३ पुग्ने छ ।
सात चरणमा भइरहेको यसपटकको निर्वाचनमा ९० करोडभन्दा बढी मतदाताले ५ सय ४३ लोकसभा सिटका लागि मतदान गर्दै छन् । भारतको चुनावमा मतदान योग्य व्यक्तिको संख्या विश्वको कुल जनसंख्याको १० प्रतिशत भन्दा बढी रहेको छ ।