अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१६ | Colorodo: 23:31

भारतीय प्रधानमन्त्री मोदीको वाराणसीबाट उम्मेदवारी दर्ता

बिआरटीनेपाल २०७६ वैशाख १३ गते ९:३० मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निर्वाचन क्षेत्र उत्तर प्रदेशको वाराणसीमा लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँले स्थानीय चुनाव आयोगको कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएको भारतीय संञ्चारमाध्यमहरुले जनाएका छन् ।

उम्मेदवारी दर्ता गराउनुअघि राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) का नेताहरुले प्रधानमन्त्री मोदीसँग भेट गर्नुभएको थियो । यस क्षेत्रको निर्वाचनमा भाजपा, जनता दल युनाइटेड, शिवसेना, लोकजनशक्ति पार्टीबीच गठबन्धन भएको छ ।

यसअघि कांग्रेस महासचिव प्रियंका गान्धी मोदीको विरुद्धमा सोही क्षेत्रबाट चुनाव लड्नसक्ने अड्कलबाजी गरिएको थियो । तर, अन्तिम समयमा आएर प्रियंका सो क्षेत्रबाट चुनाव नलड्ने पक्का भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू