अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३९ | Colorodo: 00:54

अमेरिकी पूर्व उपराष्ट्रपति बिदेनद्वारा राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

बिआरटीनेपाल २०७६ वैशाख १२ गते ९:५४ मा प्रकाशित

अमेरिकाका पूर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२० मा टक्कर दिनका लागि अहिलेसम्म देखिएकामध्ये डेमोक्र्याटतर्फका उहाँ एक शसक्त नेता मानिनुहुन्छ ।

अत्यन्त अनुभवी र चिरपरिचित तथा लोकप्रिय ७६ बर्षीय नेता विदेन पछिल्ला मत सर्वेक्षणहरुमा पनि अगाडि देखिएको अन्तर्राष्ट्रिय संचामाध्यमहरुले जनाएका छन् । बिदेनले ट्वीटरमार्फत् साढे तीन मिनेटको भिडियो सार्वजनिक गर्दैे आधारभूत रुपमा राष्ट्रका लागि आफू फरक उम्मेदवार भएको स्पष्ट पार्नुभएको छ ।

“देशको खास महत्व, विश्वमा हाम्रो उपस्थिति, हाम्रो लोकतन्त्र यी र यस्तै विषयहरूले अमेरिकालाई अमेरिका बनाएको छ, यही नै हाम्रो आधार हो,” बिदेनले ट्वीटरमा लेख्नुभएको छ । अमेरिकाको राजनीतिमा झण्डै आधा दशक सक्रिय रहनुभएका विदेनले देशको नेतृत्व तहबाट देशको सेवाका लागि अवसर दिन पनि अमेरिकी जनतालाई आह्वान गर्नुभएको छ ।

बिदेनले पूर्व राष्ट्रपति वाराक ओवामाको कार्यकालमा ८ बर्षसम्म उपराष्ट्रपति भएर काम गर्नुभएको थियो । आउँदो निर्वाचनका लागि अमेरिकामा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू