अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४
| Colorodo: 23:19
लागातारको आतंकवादी विस्फोटपछि श्रीलंकाका रक्षा सचिव हेमसिरी फेनाल्डोले राजीनामा दिनुभएको छ । श्रीलंकामा आइतबारदेखि सुरु भएको शृंखलाबद्ध विस्फोटमा परी ३ सय ५० भन्दा बढी नागरिकको ज्यान गएको थियो ।
यसअघि, बुधबार देशवासीका नाममा सम्बोधन गर्ने क्रममा राष्ट्रपति मैत्रिपाल सिरिसेनाले रक्षा सचिव र प्रहरी प्रमुखलाई २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिनुभएको थियो ।
राष्ट्रपति सिरिसेनाले देशमा गम्भीर घटना हुँदा पनि त्यसलाई बेलैमा रोक्न नसकेको आरोप दुई उच्च अधिकारीमाथि लगाउनुभएको थियो । चर्चमाथि भएको आतंकवादी हमलाको जिम्मेवारी आइएसले लिएको छ ।