अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३७ | Colorodo: 00:52

पुटिनसँगको शिखर बार्ताका लागि उत्तर कोरियाली नेता किम जोङ उन रुसमा

बिआरटीनेपाल २०७६ वैशाख ११ गते १०:२२ मा प्रकाशित

उत्तर कोरियाका नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंगको शिखर वार्ताका लागि रुस पुग्नुभएको छ । रुसी राष्ट्रपतिसंग किमको पहिलो वार्ता हुन लागेको हो । उहाँहरुबीच तटिय शहर भ्लाडिभोस्तोकमा भोलि हुने वार्तामा कोेरियाली प्रायद्विपको आणविक समस्याका विषयमा छलफल हुने क्रेमलिनले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसंगको वार्ता विफल भएपछि किमले रुसको समर्थन खोजिरहनु भएको छ । प्योङयाङले मुलुकको आर्थिक भविष्यका लागि अमेरिकासंग मात्र निर्भर नभएको देखाउनका लागि वार्ता उपयोग गर्ने अवसर बनेको विश्लेषण गरिएको छ ।

किमले आफ्नो मुलुकमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध सहज बनाउन मस्कोमाथि दबाबका लागि प्रयास गर्ने अनुमान गरिएको छ । रुसका लागि भने उत्तरसंगको वार्ता कोरियाली प्रायद्विपमा आफु पनि महत्वपूर्ण खेलाडी रहेको देखाउने अवसर ठानिएको छ ।

अमेरिका र चीनजस्तै रुसले पनि आणविक राष्ट्रको रुपमा उत्तर कोरियालाई असहज मान्दै आएको छ । किम नीजि रेलमा रुस गएको उत्तर कोरियाको सरकारी सञ्चार माध्यम केसीएनएले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू