अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०२ | Colorodo: 23:17

श्रीलंका आक्रमणमा मृत्यु हुनेको संख्या ३ सय ५९ पुग्यो

बिआरटीनेपाल २०७६ वैशाख ११ गते १०:१२ मा प्रकाशित

श्रीलंकाको राजधानी कोलम्बोको तीनओटा पाँचतारे होटल र दुईओटा चर्चमा भएका शृंखलाबद्ध बम विस्फोटमा मृत्यु हुनेको संख्या ३ सय ५९ पुगेको छ ।

गत आइतबार भएको विस्फोटमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलंकाको विदेश मन्त्रालयले जनाएको छ । विस्फोटबाट करिब ५ सय जना घाइते भएका छन् ।

उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन् । विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूह आईएसले यसअघि नै लिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू