अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१४
| Colorodo: 21:29
सुडानमा सुरु भएको नागरिक प्रर्दशन अझै रोकिएको छैन । सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै गएपछि सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यहरुलाई पक्राउ गरेको छ । सेनाले विपक्षीहरुको सहमतिबाट मात्रै नयाँ प्रधानमन्त्री चयन गर्ने समेत स्पष्ट पारेको छ ।
लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल–बसिरलाई पक्राउ गरेर सेनाले गत बिहीबारदेखि मुलुकमा सैन्य शासन लागू गरेको थियो । सेनाको कदमप्रति असन्तुष्टि जनाउँदै सुडानमा प्रदर्शन भइरहेका छन् । उनीहरुले तत्काल नागरिक सरकार गठनको माग गरेका छन् ।