अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१७ | Colorodo: 10:32

१६ औ फेवा महोत्सवको तयारी पुरा , सरकारद्धारा घोषित “नेपाल भ्रमण वर्ष २०२०”को शुभारम्भ हुँदै

बिआरटीनेपाल २०७५ चैत २८ गते १०:२९ मा प्रकाशित

बिगतका बर्षहरुमा झै यसबर्ष पनि पोखरामा आयोजित १६ औं फेवा नव बर्ष महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक पश्चिमाञ्चल होटल संघले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी शुुक्रवारबाट शुरु हुने महोत्सवको तयारी पुरा भएको जानकारी दिएको हो । गण्डकी प्रदेश सरकारको घोषित “आन्तिरिक पर्यटन वर्ष २०१९ ”” सफल पारौ भन्ने उदघोषका साथ नेपाली संस्कृतिको संरक्षण र परम्परागत आन्तिरिक तथा बाह्य पर्यटन लाइ जोड दिदै आयोजित महोत्सवको तयारी पुरा भएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक विकल तुलाचनले जानकारी दिनुभयो ।

मौलिक कला तथा संस्कृतिको जर्गेना गर्ने र नेपाली नयाँ बर्षलाई देश तथा बिदेशमा पर्वको रुपमा स्थापित गराउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको हो । “संस्कृति, खाना र संगीत ”भन्ने नाराका साथ महोत्सव गर्न लागिएको हो । महोत्सवको प्रचार प्रसारका लागी नेपालका प्रमुख शहरहरु काठमाडौ , चितवन र लुम्विनी मा “जाउँ है पोखरा ” अभियान सम्पन्न गरि अभियानमा घुमघाम पोखरा , शैक्षिक भ्रमण पोखरा र मधुमास पोखरा जस्ता प्याकेज पनि पर्यटकका लागि घोषणा गरिएको अध्यक्ष तुलाचनले जानकारी दिनु भयो ।

महोत्सवको अवसरमा यहि चैत्र ३० गते सरकारद्धारा घोषित “नेपाल भ्रमण वर्ष २०२०”को शुभारम्भ पनि यसै मञ्चबाट गर्ने पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरत पराजुलीले जानकारी दिनु भयो । पर्यटनको यस राष्ट्रिय कार्यक्रमले पोखरालाइ पर्यटकीय राजधानी घोषणा गर्ने अभियानमा सहयोग पुग्ने पराजुलीको भनाइ छ ।

महोत्सवमा सांस्कृतिक झाँकी प्रतियोगिता, गण्डकी प्रदेश स्तरिय नृत्य प्रतियोगीता , राष्ट्रिय स्तरबाट छानिएका नेपाली खानाको प्रद्र्धशनी तथा बिक्री , बाल उद्यान तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुती , लोक दोहोरी कार्यक्रम , पर्यटक दौड प्रतियोगिता , अन्तराष्ट्रिय क्षेत्रमा नेपाली खानाको प्रचार प्रसार लगायतका बिबिध कार्यक्रम मुख्य आर्कषण रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू