अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१५ | Colorodo: 19:30

विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ

बिआरटीनेपाल २०७५ चैत २८ गते १०:०९ मा प्रकाशित

विकिलिक्सका संस्थापक जुलिएन असान्ज लन्डनमा पक्राउ पर्नुभएको छ । लन्डनस्थित इक्वेडरको दूतावासबाट उहाँलाई पक्राउ गरिएको हो । असान्ज सन् २०१२ देखि इक्वेडरको दूतावासमा शरण लिइरहनुभएको थियो । बेलायती अदालतले आत्मसमर्पण गर्न दिएको आदेश उहाँले अस्वीकार गरेकाले असान्जलाई पक्राउ गरिएको बेलायत सरकारले जनाएको छ । गत मार्चदेखि इक्वेडर सरकारले असान्जमाथि बाह्य सम्पर्कका लागि इन्टरनेट वा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

सन् २०१२ मा एकजना बेलायती न्यायाधीशले स्वीडेन सुपुर्दगी गर्न आदेश दिएलगत्तै असान्जले इक्वेडरको दूतावासमा शरण लिनुभएको थियो । उहाँमाथि स्वीडेनमा यौनशोषणको आरोप लागेको छ ।
असान्जले भने आरोप राजनीतिक प्रेरित रहेको दाबी गर्दै आउनुभएको छ । सन् २०१० मा गोप्य अमेरिकी सैनिक दस्तावेज र कूटनीतिक सन्चारको प्रकाशन गरेका कारण आफूलाई स्वीडेनले अमेरिका सुपुर्दगी गर्ने असान्जको आशंका थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू