इजरायली नेता बेन्जामिन नेतान्याहुले पुनः एकपटक सरकार बनाउने निश्चित भएको छ । सोमबारको मतदानको ९९ प्रतिशत मतगणना हुँदा नेतान्याहुका प्रमुख प्रतिस्पर्धीले हार स्वीकार गरेको छ । यो सँगै उहाँको सरकार बनाउने बाटो खुल्ला भएको हो । हालसम्म नेतान्याहुको लिक्यूड पार्टीले संसदको कुल १२० सिटमध्य ६५ सिटको नेतृत्व गर्ने भएको छ । उनका प्रमुख प्रतिद्वन्दी बेन्नी ग्यान्जले बिहीवार हार स्वीकार गर्नुभएको हो ।
निर्वाचनअघिका मत सर्वेक्षणमा भने उहाँले नेतान्याहुलाई पराजित गर्ने देखिएको थियो । तर मतपरिणाम भने थोरै तलमाथि आउँदा ग्यान्जलेसरकार बनाउन आवश्यक मतसंख्या पु¥याउन नसक्ने हुनुभयो । हुनत, ग्यान्जको ‘ब्लू एण्ड ह्वाइट पार्टी’ले लिक्यूड पार्टी बराबरनै सिट जित्ने देखिएको छ । तर उहाँले बहुमत पु¥याउने गरी गठबन्धन बनाउने नसक्ने देखिएको छ । इजरायलमा कुनै एक पार्टीको बहुमत नआउने हुनाले विगतदेखि नै गठबन्धनले कसको सरकार बन्ने निर्धारण गर्छ ।
निर्वाचन परिणाम अन्तिम अवस्थामा पुग्दा नेतान्याहुका पक्षमा बहुमत संख्या पुग्ने गरी दक्षिणपन्थी साना पार्टीहरुले समर्थन व्यक्त गरिसकेका छन् । बुधबार उत्साही समर्थकहरुको भेलालाई सम्बोधन गर्दै नेतान्याहुले भीडलाई ‘लगभग अप्राप्य उपलब्धी’ हासिल गर्न सघाएकोमा बधाई दिनुभएको थियो ।
निर्वाचनको अन्तिम मतपरिणाम बिहीबार प्रकाशित हुनेछ । नेतान्याहु पाँचौंपटक प्रधानमन्त्री हुने बाटोमा रहँदा हाँइजरायलको इतिहासको सबैभन्दा लामो अवधि शासन गर्ने व्यक्ति हुनुहुने भएको छ । नेतान्याहु पछिल्लो समय भ्रष्टाचार, जालसाजी र अर्को एक गरेर तीन मुद्दामा लडिरहनुभएको छ । चुनावको केही दिनअघि नेतान्याहुले आफू पाँचौंपटक निर्वाचित भए वेस्ट बैंकमा रहेका इजरायली बसोबासहरुलाई इजरायलमा गाभ्ने प्रतिवद्धता जनाउनुभएको थियो । यसपटकको निर्वाचनमा ६७.९ प्रतिशत मतदाताहरुले मत खसालेका थिए जुन अघिल्लो निर्वाचनको तुलनामा कम हो । सन् २०१५ मा कुल मतदाताको ७१.८ प्रतिशत मत खसेको थियो ।