अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२९
| Colorodo: 10:44
विष्णुपादुका क्लवको आयोजनामा भइरहेको दशौं राष्ट्रिय हेमजा आलु महोत्सवमा कृषि स्टलप्रति दर्शकको आकर्षण बढ्न थालेको छ । आलु महोत्सव कृषि महोत्सव भएको भन्दै दर्शकहरुले कृषि स्टलप्रति विशेष चासो देखाएका छन् । महोत्सवमा टर्कीको बिक्रीवितरण तथा प्रदर्शनी, कृषि औजार, तरकारी, लप्सी, दुध, रेशम खेती, तरकारी तथा पुष्प नर्सरी लगायतका कृषि स्टलहरु रहेका छन् । त्यस्तै आलुको ठुलो पहाड पनि निर्माण गरिएको छ ।
“ सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक” भन्ने मुल नाराका साथ महोत्सव गरिएको हो । महोत्सवमा बुधवारसम्म कुल १२ लाखको आलुको कारोवार भएको झाँकी तथा खरिदबिक्री उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिनुभयो । बुधवारसम्म महोत्सवको कुल २५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको आयोजकले बताएको छ ।