अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 19:23

भारतमा आतंकवादी हमला, भाजपाका विधायकसहित ५ जना जना मारिए

बिआरटीनेपाल २०७५ चैत २६ गते १०:१६ मा प्रकाशित

भारतको छत्तिसगढस्थित दन्तेवाडा जिल्लामा आतंकारी आक्रमणमा परी भारतीय जनता पार्टी भाजपाका विधायकसहित ५ जना मारिएका छन्। आक्रमणमा लोकसभा चुनावको प्रचारप्रसारमा रहेका भाजपाका विधायक भीमा मंडावी, उनका सवारी चालक र ३ जना सुरक्षाकर्मी मारिएका भारतीय संचार माध्यमहरूले जनाएका छन्।

दन्तेवाडाको श्यामगिरी क्षेत्रमा विद्यायक सवार गाडीलाई लक्षित गरी विस्फोट भएको थियो। दन्तेवाडाका एसपी अभिषेक पल्लवले दिउँसो ३ बजेसम्म विधायक भीमा कडा सुरक्षाका बीच चुनावी प्रचारप्रसारमा सहभागी भएको बताउनुभयो । तर, प्रहरीले त्यहाँबाट अगाडि नजान भने पनि विधायकको टोली गएको र कुआकोन्डादेखि दुई किलोमिटरको दूरीमा पुगेपछि विस्फोटमा परेको एसपी पल्लवलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

विस्फोटमा परि विद्यायक सवार बुलेटप्रुफ गाडी क्षतिग्रस्त भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको निन्दा गर्दै विधायक मंडावीसँगै आक्रमणमा परेकाहरूको परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । दन्तेवाडामा यही अप्रेल ११ मा लोकसभा निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान हुँदैछ। छत्तिसगढमा कुल ३ चरणमा अप्रेल ११, १८ र २३ मा मतदान हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू