अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४९ | Colorodo: 11:04

पोखराको हेम्जामा राष्ट्रिय आलु महोत्सव शुरु

बिआरटीनेपाल २०७५ चैत २२ गते १०:०८ मा प्रकाशित

पोखराको हेम्जामा शुक्रवारदेखि दशौं राष्ट्रिय हेमजा आलु महोत्सव शुरु भएको छ । । महोत्सवको गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले आयोजित एक बिशेष कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । “सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक” भन्ने मुल नाराका साथ आयोजित महोत्सवमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारहरुका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी , टर्कीको बिक्रीवितरण तथा प्रदर्शनी लगायतका कार्यक्रम समाबेश गरिएको छ ।

हेम्जामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, कोल्ड स्टोर्स निर्माण गर्न पहल गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने साथै क्लव भवन निर्माणमा पहल गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक विष्णुपादुका क्लव हेम्जाले जनाएको छ ।

महोत्सवमा २८ वटा कृषि स्टल, ९५ वटा व्यापारीक स्टल, १ रेडक्रस तथा प्राथमिक उपचार स्टल, १ सूचना स्टल तथा कुल १० वटा आलुका परिकारका स्टल रहेका छन् । महोत्सव ८० हजार देखि १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । महोत्सव बैशाख १ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू