अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४० | Colorodo: 10:55

दक्षिण एसियाली लेखा व्यवसायीको सम्मेलन काठमाडौंमा

बिआरटीनेपाल २०७५ चैत २० गते १०:०१ मा प्रकाशित

दक्षिण एसियाली लेखा व्यवसायीहरूको छाता संगठन साफाको अन्तराष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा हुने भएको छ । आर्थिक विकासको लागि व्यावसायिक वातवरण भन्ने विषयमा गर्न थालिएको सम्मेलनमा लेखा व्यवसायमा लामो समयदेखि काम गरेका तथा विभिन्न संस्थाहरूमा प्रमुख कार्यकारी अधिकृत, प्रमुख वित्त अधिकृत, लेखा व्यवसायी तथा परामर्श दाताहरूको उपस्थिति रहने जनाइएको छ ।

सम्मेलनको पहिलो दिन अर्थात बिहीबार विश्व बैंक र डिएआइडीको कार्यपत्र प्रस्तुति रहने बताइएको छ । उक्त दिन २५० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखा व्यवसायीहरूको उपस्थिती रहने आयोजक नेपाल चार्टर एकाउन्टेनको संस्था आइक्यानले जनाएको छ । सम्मेलनको दोस्रो दिन साफाका चार वटा समितिको छुट्टा– छुटै बैठक राखिएको छ । जसअन्तर्गत शिक्षा तथा प्रशिक्षण समिति, व्यवसायमा व्यावसायिक लेखा व्यवसायी समिति, पारदर्शिता, उत्तरदायित्व र प्रशासन सुधार समितिका साथै सार्क देशमा वित्तीय राजश्व र व्यापार समितिको छलफल हुने जनाइएको छ । उक्त छलफलमा सार्क देशमा राजश्वको अवस्था कस्तो छ ? नेपालले कस्तो नीति अवलम्वन गर्ने भन्ने विषयमा विश्लेषण गर्न सहयोग पुग्ने आइक्या अध्यक्ष जगनाथ उपाध्यायले बताउनुभयो ।

त्यस्तै, सम्मेलनको तेस्रो दिन साफाको ५८ औँ बोर्ड बैठक राखिएको छ । साफा बोर्ड बैठकमा नीतिगत तथा रणनीति लेखापरीक्षणका विषयमा छलफल हुने अध्यक्ष उपाध्यायले जानकारी दिनुभयो । यसपटकको साफा बैठकमा लेखा व्यवसायीको अन्तर्राष्ट्रिय छाता संगठन आइफ्याक अध्यक्ष इन( कि जुलेको उपस्थिति रहने बताइएको छ । जुलेको यो पहिले नेपाल भ्रमण हो । यस्ता किशिमका सम्मेलन तथा सेमिनार नेपालमा हुनुले लेखा व्यवसायमा सुधार ल्याउनको लागि महत्वपूर्ण योगदान पुगेको आइक्यानको दाबी छ । विगतमा लेखा व्यवसायीलाई दोहोरो व्यालेन्सिट बनाउने गरेको समेत आरोप लाग्ने गरेकोमा आरन्तरिक राजश्व विभागसँग सूचना आदानप्रदान गर्ने सम्झौता गरेपछि यो समस्या न्यून हुने दाबी अध्यक्ष उपाध्यायको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू