अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२२ | Colorodo: 10:37

मजदुर आन्दोलनका कारण चार दिनदेखि चिया बगान बन्द

बिआरटीनेपाल २०७५ चैत २० गते ९:५१ मा प्रकाशित

चिया बगान तथा कारखानामा कार्यरत श्रमिकले सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै चारदिन देखि आन्दोलन जारी राख्दा पुर्वका अधिकांश चिया बगान बन्द रहेका छन् । नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदूर सङ्घले आर्थिक वर्ष २०७५/ ७६ को साउनदेखि श्रमिकका लागि तोकिएको न्यूनतम ज्याला पाउनुपर्ने माग राखेर आन्दोलन गरेका हुन् ।

अखिल नेपाल चिया मजदूर सङ्गठनका केन्द्रीय अध्यक्ष सीता सापकोटाले मजदूर र बगान मालिकबीच पटकपटक गरिएको वार्ता र छलफल निष्कर्षविहीन भएपछि बन्द हड्तालमा उत्रनु परेको बताउनुभयो ।े कैयौँपटक व्यवसायी र सरकारको ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरेकाले मजदूरले अनिश्चितकालिन तालाबन्दीसहित आन्दोलन गर्नुपरेको सापकोटको भनाई रहेको छ ।
झापा, इलाम, धनकुटा, पाँचथर र तेह्रथुमका चिया बगान तथा कारखानामा कार्यरत मजदूर एकैसाथ आन्दोलित बनेका छन् ।

मजदूरले विभिन्न आफू कार्यरत बगानमा औजारसहित प्रदर्शन तथा विरोधसभा कार्यक्रमहरु संचालन गरिरहेका छन् । तर चिया उद्योगीहरुले मजदुरको माग उद्योगले धान्न नसक्ने बताएका छन् । नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले सरकार तथा मजदुर सबै लागेर चिया उद्योग सिद्ध्याउने खेल भइरहेको आरोप लगाउदै मजदुरका माग कुनै हालतमा पनि पूरा गर्न नसकिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू