अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२७
| Colorodo: 09:42
दिल्ली महिला आयोगले भारतको राजधानी सहर नयाँदिल्लीका विभिन्न स्थानबाट छापा मारी १२ जना नेपाली किशोरीको उद्धार गरेको जनाएको छ । उद्धार गरिएका किशोरीले एकजना उदय नाम गरेका व्यक्तिले दुबई र खाडीका अरु मुलुकमा कामको प्रलोभन देखाएर नयाँदिल्ली लगेको बताएका छन् ।
आयोगका सदस्य किरण नेगीको अगुवाइमा नयाँदिल्लीका नजफगढका दुई स्थानबाट किशोरीको उद्धार गरिएको आयोगले जनाएको छ । तर, किशोरीलाई दिल्लीसम्म लग्ने ‘एजेन्ट’ फरार भएका छन् ।
उद्धार गरिएका अधिकांश किशोरीले रोजगारी दिलाउने नाममा ती एजेन्टलाई प्रतिव्यक्ति ५० हजार रुपैया बुझाएको बताएका छन् । तर, दुईजनाले भने एजेन्टलाई दुई लाख रुपैया दिएको दाबी गरेका छन् । उद्धार गरिएका सबै किशोरीलाई नेपाल पठाइने आयोगले जनाएको छ ।