अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१० | Colorodo: 16:25

ब्रेक्जिट प्रक्रियाबारे बेलायती संसद फेरि असफल

बिआरटीनेपाल २०७५ चैत १९ गते ९:४१ मा प्रकाशित

युरोपेली यूनियनबाट बेलायत बाहिरिने ब्रेक्जिट प्रक्रियाको गतिरोध फुकाउन बेलायती संसद फेरि पनि असफल भएको छ । वैकल्पिक प्रस्तावहरूमा ब्रिटिश सांसदहरू यसपल्ट पनि सहमत नसकेपछि संसद असफल भएको हो ।

तल्लो सदन हाउस अफ कमन्समा प्रस्तुत गरिएका चारवटा प्रस्तावमा कुनैले पनि बहुमत जुटाउन सफल नभएपछि यो प्रक्रिया थप अनिश्चित बनेको छ । यसअघि पनि ब्रेक्जिटको भावी दिशाका वैकल्पिक उपायहरुमा प्रधानमन्त्री टेरेजा मे असफल हुनुभएको थियो ।

यसअघि नै प्रधानमन्त्री मेले ईयुसँग तयार पारेको बहिर्गमन योजना समेटिएको सम्झौता संसद्मा तीनपटक अस्वीकृत भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू