अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०४ | Colorodo: 06:19

अग्रज पत्रकार किशोर नेपाल कीर्ति स्मृति पत्रकारिता पुरस्कारद्धारा सम्मानीत

बिआरटीनेपाल २०७५ चैत १९ गते ९:३५ मा प्रकाशित

अग्रज पत्रकार किशोर नेपाललाई गण्डकी प्रदेशकै सबै भन्दा ठूलो राशीको कीर्ति पत्रकारिता वृत्ति सम्मान–२०७५ प्रदान गरिएको छ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पत्रकार नेपाललाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित दोसल्ला ओढाएर उक्त सम्मान प्रदान गर्नुभएको हो ।

नेपाल पत्रकार महासंघ, कास्कीद्धारा सञ्चालित, सूर्यबहादुर, प्रेम बहुउद्देश्यीय समाज सेवा ट्रष्टद्धारा स्थापित उक्त कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मानका लागि पोखराका समाजसेवी, उद्योगपति एवं प्रतिनिधिसभा सदस्य सूर्र्यबहादुर केसी र उहाँका परिवारद्धारा १५ लाख भन्दा बढिको अक्षयकोष स्थापना गरिएको छ । सांसद केसीले पिता कीर्र्तिबहादुर केसीको सम्झनामा उक्त पुरस्कार स्थापना गर्नुभएको हो ।

सम्मान समारोहलाई सम्वोधन गर्दै पूर्व राष्ट्रपति यादवले अग्रज पत्रकार किशोर नेपाल नेपालको पत्रकारिता क्षेत्रमा क्रान्तिकारी पत्रकार रहेको बताउनुभयो । अग्रज पत्रकार नेपालको पत्रकारिता क्षेत्रमा ५ दशक लामो अनुभव रहेको डा. यादवको भनाई थियो ।

कीर्ति पत्रकारिता वृत्ति सम्मान अक्षयकोषका संस्थापक सूर्यबहादुर केसीले पोखरेली पत्रकार र नगरवासीलाई आफ्नो श्रोत र उर्जा रहेको बताउनुभएको छ । उहाँले आफ्नो भरोसलाग्दो श्रोत र उर्जा पत्रकारिता जगत र पत्रकारहरु सुधारिन आावश्यक रहेको औल्याउनुभयो ।

सम्मानीत अग्रज पत्रकार किशोर नेपालले पोखरालाई प्रकृतिको राजधानीको संज्ञा दिनुभयो । उहाँले आफूले घुमेको देशको ७७ वटै जिल्लाको स्थानहरुमध्ये पोखरा जस्तो सुन्दर स्थान अन्यत्र नभेटेको उल्लेख गर्नुभयो । पोखरा देशकै समृद्धि रहेको नेपालको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू