अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३२ | Colorodo: 16:47

युक्रेनको राष्ट्रपति निर्वाचनमा हाँस्य कलाकार जेलेन्स्की को अग्रता

बिआरटीनेपाल २०७५ चैत १८ गते ९:४७ मा प्रकाशित

युक्रेनमा भएको राष्ट्रपतिको प्रारम्भिक निर्वाचनमा हाँस्य कलाकारले अग्रता लिएका छन् । प्रारम्भिक मत परिणाम अनुसार टेलिभिजन कमेडियन भोलोदिमिर जेलेन्स्कीले अग्रता लिएका हुन् ।  राजनीतिको अनुभव नैं नभएका हास्य कलाकार जेलेन्स्कीले ३० प्रतिशत मत पाएको एक्जीट पोलहरुले देखाएका छन् ।

जेलेन्स्कीले ३० प्रतिशतभन्दा बढी मत ल्याएका छन् भने वर्तमान राष्ट्रपति पेत्रो पोरोशेन्को १७ प्रतिशत मतका साथ दोस्रो स्थानमा रहनुभएको छ । यी दुबै नेता युरोपियन युनियन निकट मानिन्छन् । अब यी दुई नेताहरुबिच दोस्रो चरणको निर्वाचन हुनेछ । राष्ट्रपति निर्वाचनमा ३९ जना प्रतिस्पर्धी थिए ।

यी मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि शिर्ष दुई स्थानमा रहेका उम्मेदवारहरुविच अर्को महिना दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू