अन्तराष्ट्रिय वित्त निगम आईएफसीले नेपालमा १ अर्ब अमेरिकी डलर (एक खर्ब १० अर्ब) बराबरको लगानी गर्ने भएको छ । निगमले सरकार र निजी क्षेत्रलाई विभिन्न आयोजनामा सघाउने गर्ने गरी यस्तो लगानी गर्ने बताएको हो । निगमले ठूला परियोजनामा ऋण सहयोग उपलब्ध गराउँदै आएको छ ।
लगानी सम्मेलनलाई सम्बोधन गर्दै निगमका उपाध्यक्ष पिटर लेन्क्सले नेपालमा आगामी चार वर्षमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाइएको बताउनुभयो । उहाँले नेपालमा लगानीका लागि आईएफसीले कुन्जुस्याइँ नगर्ने भन्दै त्यसका लागि निजी क्षेत्र पनि तयार हुनुपर्ने बताउनुभयो । चार वर्षमा गरिने यो लगानीले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने आईएफसीको आँकलन छ ।
उपाध्यक्ष लेन्क्सका अनुसार अहिलेसम्म आइएफसीले नेपालमा ५० मिलियन डलर लगानी गरेको छ । उहाँले नेपालमा लगानी गर्न आइएफसी उदार भएको बताउँदै नेपालको निजी क्षेत्रलाई समेत तयार हुनको लागि आग्रह गर्नुभयो । १ डलर बराबर १०० रुपैयाँ आधार मान्दा यो रकम १ खर्ब ३५ अर्ब हुन आउँछ । अहिले भने १ डलर बराबर ११० रूपैयाँ रहेको छ ।