अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१४ | Colorodo: 10:29

नेपाल–बङ्गलादेश ऊर्जा क्षेत्रमा साझेदारी

बिआरटीनेपाल २०७५ चैत १४ गते ९:३८ मा प्रकाशित

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल र बङ्गलादेशबीच द्विपक्षीय र बहुपक्षीय स्तरमा ऊर्जा क्षेत्रमा साझेदारी रहेको बताउनुभएको छ । काठमाडौं स्थित बङ्गलादेशी राजदूतावासले विहीवार राजधानीमा आयोजना गरेको नेपाल–बङ्गलादेश व्यापार मञ्चको बैठकमा उहाँले सन् १९७२ मा नेपाल र बङ्गलादेशबीच कूटनीतिक सम्बन्ध कायम भएयता द्विपक्षीय सम्बन्ध अझ सुदृढ बन्दै गएको बताउनुभयो ।

हार्दिकता, सद्भाव, आपसी समझदारी र सहयोगमा आधारित नेपाल–बङ्गलादेश सम्बन्ध राजनीतिक, आर्थिक, पर्यटन र शैक्षिक क्षेत्रमा समेत विस्तार भएको चर्चा गर्दै मन्त्री पुनले दुई देशबीच पछिल्ला दिनमा ऊर्जा सहायता र साझेदारीका कार्यक्रम पनि भइरहेको बताउनुभयो । ऊर्जा क्षेत्रमा भएको नेपाल र बङ्गलादेशबीचको साझेदारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक जस्ता बहुपक्षीय मञ्चमा पनि सहकार्य भइरहेको मन्त्री पुनको भनाई थियो ।

कार्यक्रममा नेपालका लागि बङ्गालदेशका राजदूत मास्फी विन्ते शाम्सले बङ्गलादेश र नेपाल आर्थिक विकासको बाटोमा अग्रसर भएको वर्तमान अवस्थामा एकअर्काका विज्ञता, अनुभव र सीप आदानप्रदान हुन जरुरी भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू