अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 18:37

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा ‘एनआरएन हेल्प डेस्क’ स्थापना

बिआरटीनेपाल २०७५ चैत १४ गते ९:३५ मा प्रकाशित

गैर आवासिय नेपाली संघ (एनआरएन) ले लामो समयदेखि उठाउँदै आएको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा एनआरएन हेल्प डेस्क स्थापनाको माग पुरा भएको छ । एनआरएनको मागलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सम्बोधन गर्दै आजबाट बिमानस्थलमा हेल्प डेस्क स्थापना गरेको हो । 

एनआरएनले बिमानस्थलमा हेल्प डेस्क स्थापनाका लागि उपाध्यक्ष कुल आचार्यलाई जिम्मेवारी दिएको थियो । आचार्यले पहलकदमी लिएपछि लामो समयदेखि मागका रुपमा रहेको बिषय पूरा भएको हो । उहाँका अनुसार गत जनवरी महिनामा बेलायतको अध्यागमन प्रणालीको अध्ययन भ्रमणमा गएको बेला अध्यागमन विभागका प्रमुख इश्वरराज पौडेल लगायतका अधिकृतहरुसंग गरिएको अन्र्तक्रियामा यो विषय उठेको थियो ।

एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, महासचिव आरके त्रिपाठी लगाएतका अगुवाले अध्यागमन विभागका प्रमुखलाई लन्डनमा ज्ञापनपत्र नै बुझाउनु भएको थियो । त्यस्तै हालै अध्यक्ष भवन भट्टले गृहमन्त्री रामबहादुर थापालाई पत्र लेखी एनआरएन हेल्प डेस्क स्थापनाका लागि अनुरोध गर्नुभएको थियो । उपाध्यक्ष आचार्यले हेल्प डेस्क स्थापनासँगै सवै एनआरएनकर्मीलाई बधाई र सरकारलाई धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया